प्रदेश खारेज भयो भने संविधानमा प्रश्न उठ्छ : मन्त्री लेखी
२६ पुष, २०८१, शुक्रवार
- शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै लेखीले प्रदेश खारेज भयो भने संविधानमाथी प्रश्न उठ्ने बताएका हुन् ।
जनकपुर : मधेस प्रदेशका गृहसंचार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेश खारेज भए त्यसको परिणाम सिधा संघीयता र संविधानमाथि पर्न जाने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै लेखीले प्रदेश खारेज भयो भने संविधानमाथी प्रश्न उठ्ने बताएका हुन् ।
केही दिनयता सञ्चारमाध्यमहरुमा प्रदेश खारेजको कुराहरु लेखेको र हेरेको कुरा ध्यानाकर्षण गराउँदै संघीयता ल्याउन भूमिका निर्वाह गरेको सम्पूर्ण दल र दलका नेताहरुलाई यस विषयमा गम्भीर भएर सोच्न सुझाव दिए । प्रदेश खारेज हुने अवस्था आए प्रदेश मात्र खारेज नभइ सिंगो संविधान खारेज हुने उनले धारणा राखे।
लेखीले भारतको उदाहरण दिँदै भारतको संविधान बनेको ७५ वर्षयता विहार, यूपीलगायतका प्रदेशमा भएको विकास हाम्रो मुलुकमा संघीयता आएदेखि मात्र ७ वर्षमा भएको उल्लेख गरे ।
उनले तीन तहको संरचना कायम भएदेखि जुन गाउँमा पहिला साइकल जाने बाटो थिएन अहिले ती विकट गाउँघरमा सजिलै चारपांग्रे गाडी जाने भइसकेको बताए ।
‘अहिले गाउँ गाउँमा स्कूल, स्वास्थ्य चौकीको सुविधा, हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी राजमार्ग निर्माणलगायतका कार्यहरु केही वर्षभित्रै भएको विकासका उदाहरणहरु हो,’उनले भने ।’
पहिला हरेक कामको लागि सिंहदरबार पुग्नुपर्ने बाध्यता अहिले हटेको र पालिकाबाटै ती कामहरु हुनसक्ने वातावरण बनेकाले संघीयता खारेजको कुरा सोच्नु पनि नहुने धारणा राखे । साथै लेखीले सही कुरा लेख्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।